बाजुराको कोल्टी विमानस्थल १२ लाख बढी नाफामा
धनगढी २७ साउन । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा सञ्चालनमा रहेका तिन विमानस्थलमध्ये एउटा नाफामा र दुइटा घाटामा रहेको पाइएको छ। बाजुराको कोल्टी विमानस्थलले १२ लाख बढी नाफा कमाउँदा बझाङको देवल विमानस्थल र बैतडीको विमानस्थल घाटामा रहेको पाइएको हो।
आर्थिक वर्ष २०७८ ०७९ मा कोल्टी विमानस्थलले ५० लाख ५६ हजार आम्दानी गरेको छ,भने ३८ लाख २१ हजार खर्च गरेको छ। कोल्टी विमानस्थलले कुल १२ लाख ३५ हजार नाफा कमाएको छ। बझाङको देवल विमानस्थल र बैतडीको विमानस्थलले भने घाटा व्यहोरेका छन्। १० लाख ६३ हजार आम्दानी भएको देवल विमानस्थलमा १२ लाख ८ हजार खर्च भएको छ। देवल विमानस्थल १ लाख ४५ हजार घाटामा रहेको जनाइएको छ।
त्यस्तै बैतडीको विमानस्थल ६ लाख ९१ हजार घाटामा रहेको जनाइएको छ । विमानस्थलले ७ लाख ४६ हजार खर्च गर्दा ५५ हजार मात्रै आम्दानी भएको जनाएको छ। हाल नेपालमा ५१ वटा विमानस्थल आन्तरिकरुपमा प्रयोगका लागि स्थापना भए पनि ३४ वटा सञ्चालनमा रहेका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० का प्रवक्ता जगन्नाथ निरौलाका अनुसार तराई र उच्च हिमालीक्षेत्रमा रहेका विमानस्थल मात्रै नाफामा रहेका छन् ।