जिल्ला अदालत कैलालीमा ७४ वर्षका वृद्धाले गरे, सम्बन्ध विच्छेदको मुद्दा दर्ता

 धनगढी २६ साउन । कैलालीमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गएका छन् । बालविवाह,वैदेशिक रोजगारीका कारण लामो समयसम्म श्रीमान् नफर्किनु, महिलामा आएको चेतना र श्रीमान–श्रीमतीको समान अस्तित्व नस्विर्कानु लगायतका कारण देखाउँदै सम्बन्ध विच्छेद गर्नेको सङ्ख्या बढ्दो छ ।

पछिल्लो दुई बर्षमा मात्रै कैलाली जिल्ला अदालतमा ८ सय १५ मुद्दा परेका जिल्ला अदालत कैलालीका श्रेस्तेदार राईभान कुन्जेडाले जानकारी दिए । श्रेस्तेदार कुन्जेडाका अनुसार आर्थिक वर्ष २०७७÷०७८मा जम्मा २ सय ५ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकोमा १ सय ३० मुद्दा फर्छ्यौट भएका थिए भने ७५ मुद्दा पछर्यौट हुन बाँकी रहेका थिए । यसै गरी आर्थिक वर्ष २०७८÷७९मा जम्मा ६ सय १० सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकोमा ३ सय ९५ मुद्दा पछर्यौट भैसकेका छन् भने २ सय १५ मुद्दा पछर्यौट हुन बाँकी छन् ।

महिला हिंसाको अवस्था,बढ्दो कानुनी चेतना,आर्थिक कमजोरी,बालबिवाह,सानै उमेरमा बिहे,अभिभावकको हस्तक्षेप,अर्कोसँग सम्बन्ध कायम गर्नु लगायतका कारण सम्बन्ध विच्छेदका घटना बढ्दै गएका जिल्ला अदालत कैलाीका शाखा अधिकृत नवराज पाण्डले बताए । उनले नयाँ मुलुकी देवानी संहिता ऐन २०७४ ले पुरुषले पनि सम्बन्ध विच्छेद गर्न पाउने गरी कानुन बनेपछि सम्बन्ध विच्छेद गर्नेहरूमा पुरुषको सङ्ख्या बढेका बताए ।

अधिकृत पाण्डेका अनुसार जिल्ला अदालतमा अन्य मुद्धाको तुलनामा सम्बन्ध विच्छेदका मुद्धा वढी आउने गरेका छन् । जिल्ला अदालत कैलालीमा ७४ वर्षका वृद्धाले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेका छन । उनले श्रीमतिले खाना नपकाएको भन्ने बाहानामा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेको अधिकृत पाण्डेले बताए । धनगढी उपमहानगर पालीका वडा नं. १२ की निर्मला गिरी सम्बन्ध विच्छेदका लागी मङ्गलवार कैलाली जिल्ला अदालत छन् ।

श्रीमानले लागु औषध सेवन गरी दिनहुँ यातना दिन थालेपछि अलग हुन उनी अदालतको ढोका सम्म पुगेकी हुन् । उनका छोरा छोरी पढी रहेका श्रीमानको यातना सहन नसकीने र त्यसको असर पुरै परिवारलाई परीरहेको ले सम्बन्ध विच्छेद गर्नलागेको उनले बताईन् । सम्बन्ध विच्छेदले बालबालिकालाई सडकमा ल्याउने देखी पारिवारिक विचलन बढ्ने गरेको महिला अधिकारकर्मी गिता चौधरी बताईन ।

उनका अनुसार बालबालिका भएका अधिकांश महिलाले सम्बन्ध विच्छेदपछि तत्कालका लागि राहत पाएको महसुस गरे पनि दीर्घकालीन रूपमा समाज र परिवारमा धेरै कठिनाइहरूसँग सामना गर्नु परिरहेको छ । अधिकारकर्मी चौधरीले श्रीमान् र श्रीमतीले एक अर्काको अस्तित्व स्वीकार गर्न सकेमा सम्बन्ध विच्छेदका घटनामा कमी गर्न सकिने दावि गरीन ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.