डडेल्धुराका समुदाय र विद्यालयमा कानुनी परामर्श दिने तयारी
धनगढी २६ साउन । डडेल्धुराका समुदाय र विद्यालयमा कानुनी परामर्श दिने तयारी गरेको छ। सबै नागरिकको न्यायमा पहुँच पुर्याउने उद्देश्यले उक्त कार्यक्रम गरिने भएको हो।
परियोजना संयोजक धनबहादुर भण्डारीका अनुसार गैर सरकारी संस्था बहुउद्देशिय विकास समाज एमपिडीएस डडेल्धुराको एटूजे परियोजनाले जिल्लाका १० समुदाय र १२ विद्यालयमा कानुनी परामर्श दिने तयारी भएको बताए । समुदाय तथा विद्यालयमा कानुनी परामर्श दिन स्वयंमसेवक खटाइने उनले जानकारी दिए। संयोजक भण्डारीका अनुसार तीनै स्वयंमसेवकलाई अभिमुखिकरण दिन डडेल्धुरामा ३ दिने तालिम सुरु भएको छ।
बिहीवारबाट कानुनका विद्यार्थी र सामाजिक अभियानकर्तालाई समेटेर २० जना प्रशिक्षार्थीलाई तालिम प्रदान गर्न लागेको परियोजना संयोजक भण्डारीले जानकारी दिए। उनका अनुसार प्रशिक्षार्थीहरुलाई घरेलु हिंसा, अपराध र लागुऔषध दुव्र्यसनीविरुद्धको कानुनबारे जानकारी प्रदान भइरहेको छ। बार एशोसियसन डडेल्धुराका पदाधिकारी र अन्य अधवक्ताले स्वयंमसेवकलाई तालिम दिइरहेका छन्। तालिमपश्चात उनीहरुले समुदायमा गएर अपराध नियन्त्रण गर्ने कानुनबारे जानकारी तथा पीडितको न्यायमा पहुँच बढाउन लक्षित वर्गलाई सहयोग गर्ने बताइएको छ ।
संयोजक भण्डारीले भने अपराधका बारेमा जानकारी, अपराधिक दण्ड सजाय, न्यायका लागि कानुनी प्रक्रिया तथा न्यायमा सबैको पहुँच पु¥याउने कार्यक्रमको लक्ष्य हो । उक्त परियोजना हाल डडेल्धुराका २ स्थानीय तहमा लागू भएको छ।