कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते

धनगढी २६ साउन । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् । जिल्लाको वेदकोट नगरपालिका १० मा म२प ७२८४ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसा दुर्घटनामा चालक बेलौरी नगरपालिका २ गोकुलपुरका अन्दाजी ४५ वर्षीय मंगल राना र पछाडि सवार मानबहादुर राना गम्भीर घाइते भएको जनाएको छ।

घाइते दुवैजनालाई उपचारका लागि महाकाली अस्पताल लगिएको र थप उपचारका लागि धनगढी रेफर गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.