सुदूरपश्चिमका थोरै स्थानमा मेघ गर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षा

धनगढी: हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित छ। देशभर आंशिक देखि सामान्य बदली रहेको छ। सुदूरपश्चिम, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघ गर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

बुधबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानमा मेघ गर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति सुदूरपश्चिम, बागमती र गण्डकी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.