पछिल्लो २४ घण्टामा ८४ जनामा कोरोना भाईरस सक्रंमणको पुष्टि
धनगढी १७ साउन । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप ८४ जनामा कोरोना भाईरस सक्रंमणको पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेश स्वस्थ्य निर्देशनालय डोटीका अनुसार ११०७ जनााको परिक्ष्ण् गर्दा ८४ जनामा पुष्टि भएको हो ।
प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार १०४३ जनामा एनटिजेन परिक्षण गर्दा ६३ जना र ६४ जनाको आर टि पिसिआर बाट परिक्षण गर्दा २१ जनामा संक्रमण भएको हो । कोरोनाबाट पछिल्लो २४ घण्टामा मृत्यु भने कसैको नभएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।