सेती प्रादेशिक अस्पताललाई दुई सय शय्यामा स्तरोन्नति गर्ने निर्णय
धनगढी ४२ साउन । सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पताललाई दुई सय शय्यामा स्तरोन्नति गर्ने निर्णय भएको छ । आज मंगलबार बसेको सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रादेशिक अस्पताललाई दुई सय शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको सामाजिक विकास मन्त्री गोविन्दराज बोहराले बताए।
सेती अस्पताल नेपाल सरकारबाट ५० र आन्तरिक स्रोतबाट ७५ गरी एक सय २५ शय्यामा सञ्चालन भइरहेको थियो। अब ३ सय शय्यामा स्तरोन्नतिका लागि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई लेखी पठाउने पनि निर्णय भएको मन्त्री बोहराले बताए।