कर्मचारीले खानु ,सुत्नु पर्ने भएकोले विद्युत सेवा दिन सकिएन,हाकीम विरभद्र प्रा.ली
दिपक बम,धनगढी २४ साउन ।कैलालीको गोदावरी नगरपालिका का चार वडा र धनगढी उप महानगरपालीका को एउटा वडा मा,विगत लामो समय देखि विरभद्र केदार सेवा प्रा.लि. ले सेवा दिदै आएको छ । विरभद्र केदारले दिदै आएको विद्युत सेवा ले स्थानिय थकित भएका छन् । पटक पटक लाईन काटिने, विग्रेका लाईन समयमै नबनाउने तथा स्थानीयले विद्युतको समस्या समाधाका लागि पटक पटक निवेदन दिने गरे पनी वेवास्था गरेको स्थानीयको गुनासोे छ ।
प्रा.ली. ले विद्युतको नाममा एउटा तारमात्र दिएर सेवा नदिएको स्थानीयको गुनासो छ । विद्युत बन्द हुदा ग्राहकले फोन गरेर गराउन खोज्दा पनि फोन नउठाउने, मनोमानी ढङ्गगले कुनै जानकारी नगराई बत्ति काट्ने गरेको छ । विर भद्र केदारले दिएको विद्युतले सानो पङ्खा पनि नचल्ने गरेको स्थानीय ग्राहाक गोविन्द अवस्थीले जानकारी दिए ।
त्यस्तै विद्युत अबरोध हुदा स्थानियलाई निकै समस्या हुने गरेकोे,दुई तिन घण्टा पछि मात्र बत्ति आउने गरेको विजौराका व्यापारी मनिलाल भट्टले बताए ।समय समयमा हुने अघोसित लोडसेडिङ्गले ब्यापारमा घाटा लागि रहेको छ उनले भने के अव त्यो घाता निद्युत प्रमधिकरणले व्यहोर्ने हो ।
त्यसैपनि गर्मिको समयमा बस्न गाह्रो हुन्छ त्यस माथि पटक पटक बत्ति अबरोध हुने र बिग्रेको ठाउँमा समयमै नबन्दा स्थानीय समस्या झेलिरहेका छन् । राति बत्ति गएको भनेर फोन गर्दा फोन पनि उठ्दैन ग्राहाकले राति फोन गर्ने तर सानोे जनशक्ति भएकाले सबैका फोन उठाउन नसकिने र राति बत्तिको फिउज गयो भने नबन्ने भएकाले लाईट आउन नसकेको विरभद्र केदार विद्युत सेवा प्रा.लि. का टेक्नीसियन मंगल चौधरीले बताए । सामान्य बत्तिको फिउज पनि हाल्न नसक्नेले किन विद्युत वितरण गरेको होला भन्छन् सेवाग्राही सन्तोस भट्ट ।
विरभद्र केदार सेवा प्रा.लि. ले धनगढी उप महानगरपालीका को एउटा वडा र गोदावरी नगर पालिकाका को चार वट वडामा विद्युत सेवा प्रवाह गरीरहेको छ । स्थानीयको गुनासो सुन्ने हो भने सेवा दिएको नभएर स्थानिय सर्वसाधरण लाई लुटेको देखिन्छ । राति नौं बजे सम्म मात्र निरन्तर सेवा दिने त्यस पछि विद्युत विग्रीए पनि नबनाई दोस्रो दिन बिहान आठ बजे मात्रै मर्मत हुने,कर्मचारीले खाना खानु पर्ने सुत्नु पर्ने हुन्छ भन्छन् विरभद्र केदार प्रा.लि. का कार्यालय प्रमुख कृष्ण राज पन्त ।
जनशक्ति अभावले समयमा सेवा दिन नसिकने बताउदै उनले बढि सेवा चाहिने ग्राहाकले नेपाल विद्युत प्राधिकारणको विद्युत जोड्ने उल्टै चेतावनी दिए । भनेको बेला सेवा दिन नसकिने गैर जिम्मेवार जवाफ उनले हामीलाई दिए ।
विरभद्र केदारका कार्यालय प्रमुख पन्तले सेवा दिनलाइ जन शक्ति नभएको बताए । सेवा दिन नसक्ने सस्थाँले प्राधिकरण बाट ठेक्का नलिनु पर्ने थियो । स्थानीयले सेवा माग्दा कर्मचारीले खाने सुत्ने,आराम गर्ने कुरा गर्दछन् । सेवाको नामले जनतालाई ठगेर लुट्ने सस्थांलाई स्थानीय सरकार लगाएत सम्बन्धित निकायले कारबाही गरे हुदैन र ?