दोहोरी प्रतिष्ठान द्वारा स्वर्गीय हरिशचन्द्र कडायतका परिवारलाई आर्थिक सहयोग
प्रेम विवश चन्द ,धनगढी २३ साउन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रीय कार्य समितिले ,प्रतिष्ठान सुदूरपश्चिम प्रदेश समिती मार्फत कलाकार कल्याणकारी कोष बाट गायक स्व।हरिशचन्द्र कडायतका परिवारलाई उहाँको तेह्रौं दिनको पुण्यतिथिका दिन सोमबार(आज) एक श्रद्धाञ्जली सभा सहित नगद २५ हजार हस्तान्तरण गरिएको छ ।
सुदूरपश्चिमको ठाडी र डेउडा भाकाका राजा भनेर चिनिएका कडायतको मस्तिष्क घातका कारण उपचारका क्रममा २०७९ श्रावण ११ गते स्वर्गारोहण भएका थिए। सुदूरपश्चिम तथा नेपाली लोक गीत संगीतका एक नक्षत्र झैं सर्बाधिक रुचाइएका कडायतको स्वर्गारोहणले कलाकारीता जगत सोकमा डुबेको छ ।
कार्यक्रममा प्रतिष्ठान सुदूरपश्चिम प्रदेश अध्यक्ष पदम धामीको अध्यक्ष तथा केन्द्रीय सदस्य नवीन सिंह धामी ,निवर्तमान प्रदेश संयोजक सुरत रावत (डोटेली कान्छा ) गौरिगङ्गा नगरपालीका वडा न ६ का अध्यक्ष टेक बहादुर कुंवर, प्रदेश वरिष्ठ उपाध्यक्ष पुर्ण भाट,उपाध्यक्ष दीर्घराज फुलारा ,सह सचिव लोकेश खनाल , सदस्यहरु नवीन साउद ,कल्पना ढुंगाना , माधवी घर्ती मगर ,कोमल ओलि, जिल्ला कार्यसमिति बैतडी अध्यक्ष प्रेम विवश चन्द लगायत स्थानीयहरुको उपस्थितमा उक्त रकम हस्तान्तरण गरियो हो।
श्रद्धाञ्जली सभामा केन्द्रीय सदस्य नवीन सिंह धामी ,प्रदेश संयोजक सुरत रावत (डोटेलि कान्छा ) , प्रदेश अध्यक्ष पदम धामीले दिवगंत आत्मा प्रती भावपुर्ण श्रद्धाञ्जली सहित घर परिवार र ईष्टमित्रजनमा गहिरो समवेदना ब्यक्त गर्दै हामी कलाकारले आफ्नो अभिवावकलाई ठुलो प्रयासका वावजुत पनि बचाउन नसकेपनि उहाँका श्रृजनाहरुलाई अजरअम्बर बनाउन हरपल प्रयास गर्ने समेत प्रतिबद्धता गरेका थिए ।