सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा एक सय २१ जनामा कोरोना भाईरस सक्रंमण

धनगढी २३ साउन  । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप एक सय २१ जनामा कोरोना भाईरसको सक्रंमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेश स्वस्थ्य निर्देशनालय डोटीका अनुसार एक हजार ४४ जनाको परिक्षण् गर्दा एक सय २१ जनामा पुष्टि भएको हो ।

जसमध्य नौं सय ६७ जनामा एनटिजेन परिक्षण गर्दा ९६ जना र ७७ जनाको आर टि पिसिआर बाट परिक्षण गर्दा ५२ जनामा संक्रमण भएको हो । हाल सेति प्रादेशिक अस्पतालमा १० र डडेलधुरा अस्पतालमा एक गरी जम्मा ११ जनाको उपचार भईरहेको छ ।

डडेलधुरा अस्पतालमा एक जनाको आईसियुमा राखेर उपचार भईरहेको स्वस्थ्य निर्देशनालय डोटीले जनाएको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा मृत्यु भने कसैको नभएको छैन ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.