सरस्वती माविको विवाद अदालत सम्म

धनगढी २३ साउन । गोदावरी नगरपालिका ११ मा रहेको सरस्वती माविको विवाद अदालत सम्म पुग्ने भएको छ । वडा को सिफारिस मा नगरपालिका ले बिद्यालय व्यवस्थापन समिति खारेज गरेपछि उक्त विवाद अदालत सम्म पुग्ने भएको हो ।

तत्कालीन वडा अध्यक्ष शिव बि.क को पालामा बनेको समिति को म्याद नसकिएको तर नगरपालिका ले समिति खारेज गरिएको पत्र विद्यालयमा पठाएको छ । त्यसपछि उक्त समिति ले उच्च अदालत दिपायलमा सो कार्य विरुद्ध मुद्दा दायर को तयारी अघि बढाएको छ । उक्त विद्यालयमा प्रधानाध्यापक को नियुक्ती मा राजनीतिकरण गरेकोले विवाद भएको स्थानीय ले बताएका छन् । अहिले आएका नयाँ जनप्रतिनिधिले प्रधानाध्यापक मा बिनोद भट्टराई लाई राख्न चाहिरहेका छन् ।

भट्टराई उक्त स्कुल मा माबी तह मा एक मात्रै स्थायी शिक्षक हुन। तर उनलाई समिति को सिफारिसमा काज मा बल्मी स्कुल मा सरुवा गरिएको थियो । फेरी भट्टराई स्वयं निबेदन दिएर सरस्वती माबी मा नै फर्किएका थिए ।  व्यवस्थापन समिति भने भट्टराई को बिगत को क्रियाकलाप चित्त बुझ्दो नभएको भन्दै उनलाई प्रधानाध्यापक बनाउन सहमत छैनन्।

व्यवस्थापन समितिमा कम्युनिस्ट समर्थकहरु को बहुमत रहेकाले समिति पुरानै प्रधानाध्यापक राम बहादुर नेपाली लाई नै निरन्तरता दिने पक्षमा छ । बिबाद को कारण स्थानिय जनमत दुई धार मा बिभाजित बनेको छ । समिति ले सोमबार सो बिषयमा पत्रकार सम्मेलन गर्दै छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.