बैतडीमा असोज १ देखि दोस्रो पिपिएल खुल्ला पुरुष टी–२० क्रिकेट प्रतियोगिता हुदै

साउन २३ बैतडी । बैतडिमा दोस्रो संस्करणको पाटन प्रिमियर लिग पिपिएल क्रिकेट प्रतियोगिता आगामी असोजमा हुने भएको छ । उक्त प्रतियोगिता असोज १ देखि दोस्रो पिपिएल खुल्ला पुरुष टी–२० क्रिकेट प्रतियोगिता हुने आयोजक पाटन क्रिकेट क्लबले जनाएको छ ।

प्रतियोगितामा पहिलो हुने टिमलाई १ लाख ११ हजार १११ नगदसहित ट्रफी पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ । दोस्रो हुने टिमले ५५ हजार ५ सय ५५ नगदसहित प्रमाणपत्र पाउनेछन् । उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एकजना खेलाडीलाई म्यान अफ द सिरिज पुरस्कारस्वरुप ११ हजार १११ रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिने पाटन क्रिकेट क्लबका सचिव खेमराज अवस्थीले बताए ।

सो प्रतियो गितामा बेस्ट ब्याट्सम्यान र वेस्ट बलरलाई जनही ५ हजार ५५५ नगदसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । आयोजकका अनुसार उदीयमान खेलाडीलाई १ हजार १११ र प्रत्येक खेलका म्यान अफ द म्याच खेलाडी घोषणा गरी ५ सय ५५ रुपैयाँसहित ट्रफी प्रदान गरिने छ प्रतियोगितामा देशभरका जुनसुकै टोलीले पनि सहभागिता जनाउन सक्नेछन् र प्रतियोगितामा सहभागिता जनाउन भाद्र ३० गतेसम्म टिम दर्ता गर्नुपर्ने आयोजकले जनाएको छ।

टिम दर्ताका लागि शुल्क ११ हजार १ सय ११ रुपैयाँ तोकिएको छ । पाटन नगरपालिका–६ मा रहेको कृष्ण माविको खेलमैदानमा हुने छ । प्रतियोगिता आयोजनामा बैतडी युवा समाज र पाटन स्टार युवा क्लबले सहकार्य गरेका छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.