धनगढी उपमहानगरपालिका को वासिएल सयोंजक मा राम चन्द्र भट्ट मनोनीत
धनगढी:धनगढी उप-महानगरपालिका को योङ्ग कम्युनिस्ट लिग (वाइसिएल) नेपाल को सयोंजक मा राम चन्द्र भट्ट मनोनित भएका छन् ।चुरे गाउपालिका का सयोंजक वीर बहादुर धामी र बर्दगोरीया गाउपालिका सयोंजक गणेश बि. क. लाई सर्वसहमत मनोनित गरीएको जनाइएको छ ।
कैलाली जिल्ला समान्वय समिति को बैठकले उनीहरुलाई मनोनित गरेको हो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का कैलाली जिल्ला इन्चार्ज हरी ज्ञवाली को प्रमुख आतित्थ्यमा भएको बैठकमा धनगढी उप-महानगरपालिका का वाइसिएल कार्यक्रम मा वाइसिएल का सुदूरपश्चिम प्रदेश सहयोजक शिव बोगटी ,सह सयोजक सुरज खाती केन्द्रिय सदस्य जयन्द्र दहाल पार्टी सयोजक लादुराम चौधरी र वाइसिएल कैलाली जिल्ला सयोंजक वसन्त सिंह कार्की लगायतका नेता हरुको उपस्थिति रहेको थियो।