बैतडीको पुरचौंडीका कुनै वडामा पनी छैनन् सचिव
धनगढीः बैतडीको पुरचौंडी नगरपालिका सबै वडा सचिवविहीन छन्। महालेखा परीक्षकको प्रतिवेदन २०७९ मा १० वडामध्यै कुनैमा पनि वडा सचिव नरहेको उल्लेख छ।
महालेखाले पालिका अन्तर्गतका वडा कार्यालयबाट सञ्चालित सेवा प्रवाहमा महत्वपूर्ण भूमिका रुहेका वडा सचिवको १० दरबन्दीमा सबै पदपूर्ति रिक्त रहेकोले पदपूर्ति गर्न सुझाव दिइएको छ। यसअघि २०७५ मा स्थानीय तहका लागि लोक सेवा आयोगबाट पदपूर्तिका लागि रिक्त दरबन्दीको माग भए पनि पुरचौंडी नगरपालिकाले रिक्त दरबन्दीको विवरण संघीय लोकसेवा आयोगलाई पठाएको थिएन।
१० वटै वडामा सचिव नहुँदा नगरपालिकाले प्राविधिक सहायकलाई वडा सचिवको जिम्मेवारी दिइएको छ।