विकासका लागि सबै एकजुट हुनुपर्छ, मन्त्री बडू

दार्चुला ,२१ साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले देश विकासका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताउनुभएको छ ।

दार्चुला सदरमुकाममा खाद्य व्यवस्था तथा व्यापार कम्पनि लि।शाखा कार्यालयको आज उद्घाटन गर्नुहुँदै बडुले आफ्नो जिल्ला र देशको विकासका लागि राजनीतिक आस्थाभन्दा माथि उठेर सबै एकजुट हुनुपर्ने बताउए ।

दार्चुला जिल्ला भौगोलिक रुपमा समेत संवेदनशील ठाउँमा रहेकाले यहाँकै जनप्रतिनिधि हिसावले आफू र सिंगो सरकार गम्भीर रहेको उनले बताए ।

२०५० देखि २०६२ सालसम्म सञ्चालन रहे पनि २०६३ देखि बन्द भएको कम्पनिको शाखा कार्यालय पुनस् सञ्चालनमा ल्याउनु सुखद सुरुवात भएको बताउदै मन्त्री बडूले कार्यालयको स्थापनापछि खाद्य आपूर्ति मात्र नभई यस क्षेत्रको उत्पादनलाई बजारिकरण गर्नसमेत महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।

उनले साविक ५ स्थानमा डिपो र वितरण केन्द्रमार्फत सहुलियत मूल्यमा खाद्यान्न वितरण हुँदै आएकोमा आफू मन्त्रालयको जिम्मेवारीमा आएपछि थप ७ वटा स्थानमा डिपो स्थापना गरिएको जानकारी दिए ।

यस्तै दार्चुला र भारतलाई जोड्न महाकाली नदिमा मोटरेबल पुल बनाउन टेन्डर आह्वान भइसकेको र महाकाली करिडोर निर्माणका लागि नेपाली सेनाले आवश्यक काम गरिरहेकोले यी दुबै काम सम्पन्न भएमा दार्चुला र यस क्षेत्रको व्यापार तथा समग्र विकासमा अभूतपूर्व उपलब्धि हासिल हुने भएकोले स्थानीय प्रशासन र राजनीतिक दलको सचेततापूर्वक योगदानका लागि उनले आग्रह गरे ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.