डडेल्धुरामा चुनावको तयारी सुरु,जिल्लामा मतदानस्थल थप गर्न माग
साउन २१ डडेल्धुरा । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणा गरेसँगै डडेल्धुरामा चुनावको तयारी सुरु भएको छ।
आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि जिल्लामा २२ मतदानस्थल थप गर्न सिफारिस गरिएको छ । डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको अध्यक्षतामा बसेको जिल्ला मतदानस्थल केन्द्र पुनरावलोकन सिफारिस समितिको बैठकले मतदानस्थल थप गर्न सिफारिस गरेको हो।
अहिले जिल्लामा स्थानीय तह निर्वाचनका लागि ८० मतदानस्थल र १ सय २६ मतदान केन्द्र रहेका थिए ।