डोटीमा सेनेटरी प्याड उत्पादन,दैनिक २ हजार थान उत्पादन

साउन २१ डोटी । डोटीको सेनेटरी प्याड उत्पादन हुने भएको छ। दीपायल सिलगढी नगरपालिका सिलगढीमा उद्यमशील महिला समूहले सेनिटरी प्याड उत्पादन गर्ने फर्म खोलेको हो।

उक्त फर्मले जिल्लामै प्याड उत्पादन तथा महिलाहरुलाई रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यले फर्म खोलिएको उद्यमशील महिला समूहकी अध्यक्ष सारदा भट्टले बताईन। उनले दिनमा करिब २ हजार थान प्याड उत्पादन गरी बजारभन्दा सस्तो मूल्यमा विक्री गर्ने बताइन्।

बजार प्रशोधन केन्द्र काठमाडौंको मेशिन सहयोग तथा दीपायल सिलगढी नगरपालिकाको आर्थिक सहयोगमा फर्म सञ्चालनमा आएको कोषाध्यक्ष सीता श्रेष्ठले बताइन् । उक्त फर्म मा हाल ५ जना महिलाले रोजगारी पाएका कोषाध्यक्ष श्रेष्ठले बताइन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.