कैलालीको चायाभावरमा एक बालिकाको शव फेला

धनगढी । कैलालीको मोहन्याल गाउँपालिकामा एक बालिकाको शव फेला परेको छ । शुक्रबार पालिकाको वडा नम्बर १ चायाभावर वस्ने ७ वर्षिया तिल्सरी गोल्नी मगरको शव खोलामा मृत अवस्था फेला परेको जनाइएको छ ।

आफन्तका अनुसार बिहिवार करिव दिउँसो ३ बजेको समयमा घरबाट सौतेनी आमा मुना गोल्मी मगर सँग निस्के कि तिल्सरी को शुक्रबार बिहान बरपानी खोलामा शव फेला भेटिएको छ ।
उनका बुवा सन्तोष जोल्मी मगर नि।मा।बी। को लाइसेन्स परिक्षाको लागि धनगढी बस्दै आएका छन भने आमा पन्चकला जोल्नी मगर पनि रोजगारको लागि भारतको सिम्ला गएकी छन ।

उनी हाल सौतेनी आमा को साथमा बस्दै आएकी थिईन । घटना किन भयो भन्ने बारे प्रहरीले अनुसन्धान गरीरहेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.