एमसीसी नेपालको गरिबी अन्त्यका लागि अमेरिकाले गरेको सहयोग:पौडैल

काठमाण्डौ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० परियोजना नेपालको गरिबी अन्त्यका लागि अमेरिकी सरकारले गरेको सहयोग भएको बताउनुभएको छ । आज सोमवार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँगको भेटपछि उहाँले यस्तो बताउनुभएको हो ।

एमसीसीले विद्युत् र सडकमार्फत नेपालको गरिबी हटाउन मद्दत पुर्‍याउने नेता पौडेलको भनाइ छ । उहाँले भन्नुभयो, ‘अमेरिकी सरकारले नेपालको गरिबी अन्त्यका लागि नेपालको विद्युतलाई बजारमा लगेर बेच्नका लागि एउटा प्रसारण लाइन बनाइदिने । नेपालले आम्दानी गरोस्, नेपालको गरिबी हटाउन मद्दत गरोस् । त्यस्तै सडक बनाइदिने, यहाँको जनताले सुविधा पाउन् । त्यही हो मैले बुझेको सिम्पल कुरा हो ।’

एमसीसी सम्झौताको विषय अब सडकबाट नभइ संसदमा छलफल हुने उहाँले बताउनुभयो । राष्ट्रको ध्यान संसद्तर्फ केन्द्रित भएको उहाँले उल्लेख गर्नुभयो ।

यसैबीच उपेन्द्र यादवसँगको भेटमा एमसीसी सम्झौताको विषयमा कुराकानी भएको नेता पौडेलले बताउनुभयो । एमसीसीको समस्या जटिल रूपमा आएको भन्दै उहाँले भेटवार्ताका क्रममा एमसीसीका कारण देशको अन्तर्राष्ट्रिय सम्बन्ध र नेपालको विकासको भविष्य के हुन्छ भन्ने विषयमा कुराकानी गरिएको उल्लेख गर्नुभयो । एमसीसीको सम्बन्धमा जसपा अध्यक्ष यादवसँग सैद्धान्तिक मतभेद नदेखिएको उहाँको भनाइ छ । अध्यक्ष यादवले फागुन १३ गते पार्टीको बैठक राखेर एमसीसीबारे निर्णय लिने बताएको उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.