एक्टिभ एफएम समाचार प्रभाव,मालपोत सडक ग्राभेल गरियो

दिपक बम धनगढी, २० साउन । धनगढी १ मालपोत रोडको सामाजिक विकास मन्त्रालय जानेबाटो डुवानमा परेको एक्टिभ एफएम न्युजले समाचार प्रकाशित भएपछि सो सडक ग्राभेल हाल्न सुरु भएको छ । रेडियो एक्टिभ एफएम र एक्टिभ एफएम न्युज अनलाइनमा साउन १९ गते अस्तव्यत सडकका बिषयमा समाचार प्रकाशित गरेको थियो ।

धनगढी उपमहानगरपालिकाले चासो नदिदा उक्त सडकमा सवारी साधन चलाउन समस्या हुनुका साथै पैदल यात्रा गर्न नसकिने अबस्था रहेको भनि समाचार प्रकाशित गरिएको थियो ।

साउन २० गते धनगढी उपमहानरपालिकाका मेयर गोपाल हमालले आफ्नो फेसबुक स्ट्याटस प्रकाशित गरी उक्त सडकमा ग्राभेल हालेर सडक सुधार गर्न लागेको जानकारी गराएका छन् । धनगढी उप महानगरपालिका १ मालपोतमा रहेको सडक ग्राभेल गरिएको छ । धनगढी उप महानगरपालिका का नगर प्रमुख गोपाल हमालको पहलमा ग्राभेल गरिएको हो ।

उक्त सडक कालीका निर्माण कम्पनीले ठेक्का लिएको थियो तर कम्पनीले सडक बेवारिसे छोडेको थियो । निर्माण कम्पनीको लापरवाहीका कारण सो सडक सामान्य वर्षा पर्दा पनी डुवानमा परी आवत जावतमा समस्या भैरहेको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.