अन्तर्राष्ट्रिय अवार्डको मनोनयनमा एसपीए कलेज

धनगढी :धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए) कलेज अमेरिकाको न्यूयोर्क शहरमा हुने ग्रीन कलेज अवार्ड–२०२२ को मनोनयनमा परेको छ । ‘ग्रीन म्यान्टर्स’ नामक संस्थाले वातावरण संरक्षणका क्षेत्रमा काम गरेका विश्वभरका कलेजहरुबाट आवेदन आह्वान गर्दै उत्कृष्ट कलेजहरुलाई ‘ग्रीन क्लिन अवार्ड’ प्रदान गर्ने गर्छ । सोही अवार्डको मनोनयनमा नेपालबाट धनगढीको एसपीए कलेज परेको हो ।

‘आफ्नो अध्ययन–अध्यापन क्षेत्रबाट स्थानीय वातावरण संरक्षणमा यहाँहरुले खेलेको भूमिका निकै सह्रानिय छ । यहाँको योगदानको कदर गर्दै हाम्रो निर्णायक मण्डलले एसपीए कलेजलाई अवार्डको मनोनयनमा राख्ने निर्णय गरेको छ,’ आयोजकले बधाई दिदैँ उक्त कुरा उल्लेख गरेको छ ।

ग्रीन कलेज अवार्ड आगामी सेप्टेम्बर २४ तारिखका दिन न्यूयोर्क शहरमा प्रदान गरिनेछ । मनोनयनमा परेका विश्वभरकै कलेजहरुको उक्त समारोहमा उपस्थिति रहने आयोजकले जनाएको छ । लामो समयदेखि एसपीए कलेजले ‘ग्रीनक्लिन धनगढी’ क्लब गठन गर्दै बातावरण संरक्षणका क्षेत्रमा काम गर्दै आएको छ । कलेजले धनगढी मुख्य तथा सहायक बजार क्षेत्रमा, विभिन्न स्कुलहरु, छात्रावासहरु, धार्मिक, सामाजिक क्षेत्रलगायत सरकारी निकायहरुमा, डुबान क्षेत्रलगायत विभिन्न ठाउँहरुमा वृक्षारोपण गर्दै आएको छ । यस्तै वातावरण हराभरा बनाउँनका लागि कलेजले नियमित सरसफाई अभियान सञ्चालन गर्दै आएका छन् ।

एसपीए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्यायले एसपीए कलेज अन्तर्राष्ट्रिय कलेजका रुपमा उदाएको बताउँदै वातावरण संरक्षणमा विधार्थीहरुको भूमिका रहेको जनाए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.