कैलालीमा सामुदायिक वन अतिक्रमण,वनका पदाधिकारी मिलेर वनको जग्गा आफन्न र आफ्नो नाममा नापी गराएको स्रोतको दावि

धनगढी १९,विष्णु् भट्ट। कैलालीमा सामुदायिक वन अतिक्रमण भएको छ । गेटा सामुदायिक उपभोक्ता समितीको वन अतिक्रमण भएको हो । गेटा सामुदायिक उपभोक्ता समितीको मिलेमतोमा वन अतिक्रमण भैरहेको गेटाका स्थानीयहरुले बताए । गेटा सामुदायिक उपभोक्ता वन समितीका अध्यक्ष करुणाकर भट्टका अनुसार वनका सिसमका २ रुख काटेको र वन पनि अतीक्रमण गरेर संरचना बनाएको जानकारी दिए । वन अतीक्रमणमा समितीको कुनै भूमिका नभएको उनले बताए ।

सब डिभिजन वन कार्यालय अत्तरीयाका सहायक वन अधिकृत निरन्जन कडेलको टोलीले अतीक्रमण भएको वनकोे अनुगमन गरेकोे छ । उनले अनुगमनको क्रममा सिसमका २ रुख काटेको र वनको जग्गामा संरचना निर्माण भएको पाईएको जानकारी दिए ।

उनले सामुदायिक वन ऐन अनुसार उपभोक्ता समितीले कारबाही गर्ने बताए । गेटा सामुदायिक उपभोक्ता वन समितीका अध्यक्ष भट्टले सामुदायिक वन ऐन अनुसार वन अतीक्रमण गर्ने हरि दत्त भट्टलाई कारबाही हुने बताए ।

अतीक्रमण गर्ने भट्टले भुलबस गल्ती भएकोले समितीले गरेको निर्णय अनुसार कारबाही भोग्ने बताएको जनाईएको छ ।गोदावरी नगरपालीकाले सुकुम्बासीको नाममा जग्गा नाप जाचँ गर्ने क्रममा वनका पदाधिकारी मिलेर वनको जग्गा आफन्न र आफ्नो नाममा नापी गराएको स्रोतको दावि छ ।

तर अध्यक्ष भट्टले भने नगरपालिकाको जग्गा नाप जाचँको मापदन्ड नै भएकोले चाहेर पनि कसैले सामुदायिक वनको जग्गा आफ्नो नाममा पास गर्न नसक्ने बताए । उनले जग्गा पाउने मान्छेले पालिकाले दिएको निस्साको आधारमा जमीन पाउँने भएकोले आफू लगाएत कुनै पनि वनका पदाधिकारीले जग्गा आफ्नो वा आफन्तको नाममा पासँ नगराइको दावि गरे ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.