धनगडीका सुन व्यवसायी सहित थप ३ जना प्रकाउ
धनगढी: धनगढी उपमहानगरपालिका–२ मा सौगात सुनचाँदी नाम गरेको पसल व्यवसायी सञ्चालन गर्दैै आएका लामिछाने सहित थप ३ जनालाई प्रहरीले प्रकाउ गरेको हो । लामिछानेलाई बिहीबार कैलाली ल्याएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
प्रहरी स्रोतका अनुसार लामिछानेसँगै भारतबाट सुन तथा गहना चोरी र बिक्रि कार्यमा संलग्न अन्य तीन जनलाई पनि पक्राउ गरिएको छ । धनगढीकै थप तीन जनालाई पनि आज पक्राउ गरेर सोधपुछ भैरहेको जनाएको छ । भारतीय दूतावासमार्फत आएको उजुरीअनुसार एक करोड रुपैयाँ भन्दा धेरैको सुन चोरी प्रकरणको अनुसन्धानका क्रममा लामिछानेसहितका अन्य व्यक्तिलाई पक्राउ गरिएको हो ।
यो घटनाको अनुसन्धानमा नेपाल प्रहरीको विशेष अनुसन्धान ब्युरो र केन्द्रीय अनुसन्धान ब्युरोको टोलीसमेत खटिएको थियो । प्रहरी स्रोतकाअनुसार विगत डेढ महिनादेखि यो चोरी प्रकरणको अनुसन्धानमा प्रहरी टिमहरु सक्रिय थिए । प्रहरीले केही गरगहना र नगद समेत बरामद गरेको छ । तर अनुसन्धान प्रभावित हुने भन्दै विवरण सार्वजनिक गर्न अस्वीकार गरिएको छ ।