कैलालीमा सामुदायिक वन अतिक्रमण,वनका अध्यक्षको मिलेमतोमा अतिक्रमण भएको स्थानीयको आरोप

धनगढी १९,विष्णु भट्ट । कैलालीमा सामुदायिक वन अतिक्रमण भएको छ । गेटा सामुदायिक उपभोक्ता समितीको वन अतिक्रमण भएको हो । गेटा सामुदायिक उपभोक्ता समितीको मिलेमतोमा वन अतिक्रमण भैरहेको गेटाका स्थानीयहरुले बताए ।

गेटा सामुदायिक उपभोक्ता वन समितीका अध्यक्ष करुणाकर भट्टका अनुसार वनका सिसमका २ रुख काटेको र वन पनि अतीक्रमण गरेर संरचना बनाएको जानकारी दिए । वन अतीक्रमणमा समितीको कुनै भूमिका नभएको उनले बताए । अहिले यस विषयमा वन पदाधिकारी र वन अतीक्रमण गर्ने हरी प्रसाद भट्ट सगं छलफल भरहेको उनले बताए ।

सब डिभिजन वन कार्यालय अत्तरीयाका सहायक वन अधिकृतको टोलीले अहिले अतीक्रमण भएको वनकोे अनुगमन गरि रहेको छ । उस सम्बन्धमा थप जानकारी आउँन बाकी छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.