सुनचाँदी व्यवसायी महासंघका सभापति कैलाली ल्याइयो,करोड बढीको सुन चोरीमा संलग्न

साउन १९ धनगढी । काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका धनगढीका सुनचाँदी व्यवसायीलाई कैलाली ल्याइएको छ। बिहीबार विहान चोरीमा संलग्न सन्तोष लामिछानेलाई ल्याएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
उनी करोड बढी मूल्य बराबरको सुन चोरीमा संलग्न रहेको ‘क्लू’ प्रहरीले पाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। प्रहरीका अनुसार लामिछानेले भारतबाट सुन चोरी गरी नेपाल ल्याएर बिक्री गर्ने गरेको अनुसन्धानबाट खुलेको जनाईएको छ । ‘अहिले पूर्णतया अनुसन्धान नसकिएको विस्तृत विबरण आउन बाकी प्रहरीजे बताए ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ, सुदूरपश्चिमका सभापति समेत रहेका लामिछाने र उनकी पत्नीलाई मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजबाट पक्राउ गरिएको थियो। बुधबार दिउँसो शंकास्पद व्यक्ति चढेको सूचना कैलाली प्रहरीले दिएपछि भारतको मुम्बई उड्न लागेको नेपाल एयरलायन्सको विमान प्रहरीको विशेष ब्यूरोले रोकेको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.