सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

धनगढी: बिहीबार सुदूरपश्चिममा भारी वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको हो।

सुदूरपश्चिमसहित गण्डकी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। देशभर सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.