त्रिनगर मावि प्रदेशकै सस्तो शुल्कमा पढाई हुने विद्यालय
आम सञ्चार समुह त्रिनगर मावि,
धनगढी, १८ साउन । धनगढीको त्रिनगर माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा न्यून शुल्कमा पठनपाठन हुने गरेको छ ।
कक्षा ११ को क्रमस मानविकि संकाय, शिक्षा संकाय, ब्यबस्थापन संकायको सबै शुल्क गरि बार्षिक १० हजार ५ सयमा पठनपाठन हुने गरेको छ । ब्यबस्थापन संकायमै कम्यूटर साईन्स बिषय अध्ययन गरेमा भने १४ हजार ५ सय शुल्क लाग्दछ । त्यसैगरी कानुन संकायमा १२ हजार ९ सय शुल्क लाग्ने गरेको विद्यालयका प्रधानाध्यापक भूपाल सिंह खड्काले बताए ।
बुधवार विद्यालयले आयोजना गरेको एसईई उत्र्तिण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना कार्यक्रममा प्रधानाध्यापक खड्काले सो कुराको जानकारी दिएका हुन । बिभिन्न किसिमका छात्रबृतीको ब्यबस्था भएकाले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुका लागि त्रिनगर माध्यमिक विद्यालय छनौटमा पर्ने गरेको छ प्रधानाध्यापक खड्काले बताए । त्रिनगर माध्यमिक विद्यालय प्रदेशकै सर्वशुलभ गुणस्तरिय शिक्षा प्रदान गर्ने शिक्षण संस्था हो प्रधानाध्यापक खड्काले भने, ‘ अझै विद्यार्थीलाई दिन सकिने सुविधाका लागि विद्यालय प्रशासन चिन्तीत छ ।”
सोही कार्यक्रममा बोल्दै विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रेम विसीले त्रिनगर माध्यमिक विद्यालय सुदूरपश्चिम प्रदेशमै सबैभन्दा सस्तोमा पठनपाठन गराउने विद्यालय भएको बताए । ‘यस विद्यालयमा कक्षा १० सम्म सबै विद्यार्थीलाई पूर्ण रुपमा निशुल्क पढाउने गरिन्छ,” ‘बिसिले भने, कक्षा ११ र १२ मा पनि विद्यार्थीबाट न्यून शुल्क मात्रै लिने गरिएको छ ।” आगामी शैक्षिकशत्र बाट कक्षा ११ र १२ को पठनपाठन पनि निशुल्क गर्न सकिन्छ कि भनेर छलफल भैरहेको बिसिले बताए ।
विद्यालयका कक्षा ११ र १२ का इन्चिार्ज नेत्र खडायतले त्रिनगर माध्यमिक विद्यालयमा योग्य र अनुभवि शिक्षक भएको बताए । उनले भने,‘ सबैतिर पठनपाठन नहुने कानुन, आमसंचार बिषयको पठनपाठन यहाँ हुने गरेको छ ।”
त्रिनगर मावि माध्यमिक तहका इन्चिार्ज तिर्थराज फुलाराले फेशन डिजाईनिङ्ग र नृत्य बिषयको पठनपाठन गर्ने योजना भएपनि दक्ष प्रशिक्षक नपाएको बताए । विद्यालयमा अहिले १ हजार ९ सय ५० विद्यार्थी अध्ययनरत रहेका छन् ।