सप्तकोशीको बाँध फुट्यो, बानडाँडा र कोशी टप्पु आरक्ष ४ हजार घर परिवार उच्च जोखिममा

धनगढी:अविरलको वर्षासँगै आएको बाढीले सप्तकोशी नदीको बाँध फुटेको छ। उदयपुरको बेलका नगरपालिका ८ लाहुरे खोच डुम्रीबोटमा बुधवार बिहान ४ बजेतिर सप्तकोशी नदीको बाँध फुटेर गाउँ पसेको हो। नदी फुटेर गाउँ पसेसँगै बेलका नगरपालिका २, ३, ८, ९ र बराहक्षेत्र नगरपालिका ६ डुबानमा परेका छन्।

नदीको बाँध फुटेर गाउँ पस्दा के कति क्षति भएको छ त्यसको यकिन तथ्यांक आउँन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिएका छन।त्यस्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीयले उद्धारको काम गरेको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिएका छन।

सप्तकोशी नदी फुटेको स्थानमा प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, सुरक्षा निकायका प्रमुख स्थलगत अवलोकन गर्न लागेको र कोशीको पुरै भंगालो पसेको छैन, बाढी ओभरफलो भएको हो तथा ब्यारेजका बाँकी ढोका खोल्न आग्रह गरिएको बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बताए।

नगरपालिका ४ वडाका दर्जन बढी गाउँका बासिन्दा उच्च जोखिममा परेका छन्। नदीले गत वर्षदेखि पश्चिमपट्टी धार परिवर्तन गरी कटानलाई तीब्रता दिएपछि बेलका नगरपालिकाको २, ३, ८, ९ जोखिममा परेको हो।

सप्तकोशीले धार परिर्वतन गरी पश्चिमतर्फ कटान गरेपछि बेलका नगरपालिका २, ३, ८ र ९ उच्च जोखिममा परेका हुन्। उदयपुरको बेलका नगरपालिका ८ को लाहुरे खोचमा सप्तकोशी नदि फुटेपछि चिलिया टप्पु, एबीसी, श्रीलंका टापु, रामनगर, बोचि, भागलपुर, क्रान्ति टोल, सोमबारे, डुम्रीबोटे, मसानघाट, धौरी टप्पु, बानडाँडा र कोशी टप्पु आरक्ष ४ हजार घर परिवार उच्च जोखिममा परेका हुन्।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.