राज्य बाट हेपीएको पूर्चौडी,“गर्खाको सानो अशं”
धनगढी:नेपालको (सुन्दर) सुदूरपश्चिममा पर्ने सुदूरपश्चिम प्रदेशको सुदूर र बैतडीे पहाडी जिल्लाको सुदूर उत्तर पूर्व तर्फ रहेको पूर्चौडी नगरपालीका वडा नम्बर ०४ भटना,बझाङ जिल्लाको सिमाना सगं जोडिएको छ । यो ठाउँमा विभिन्न देवीदेवताहरुका परम्परागत शैलीमा निर्माण भएका मठमन्दिरहरु छन्। मन्दिरहरुमा हाम्रा पूर्वजहरुले गर्दै आएको हिन्दु धर्म अनुसार पाठँपूजा गरिदै आएको अवस्था छ ।
यस ठाउँका प्रख्यात मठमन्दिरहरु भटना मालिका, महादेव,शिवावोको किमराजडी महादेव तथा ऐतिहासिक धार्मीक पर्यटकीय क्षेत्र धौलाकाडा कोट,काँडा महादेव रहेका छन् । यी मन्दिरहरुमा यो साउँने मासमा महिना भरी नै दिन खाली नरही पूजा आजा गरि रहेका हुन्छन् ।स्थानिय स्रोत साधन अनुसार नै मठ मन्दिरहरुको निर्माण परम्परागत शैलीमा नै रहेको छ । यी धार्मीक स्थलहरुको निर्माणमा आधुनिकीकरण गरी पर्यटकहरुको भावनात्मक मनो भावना मनोकाक्षां पुरा गराउने वरदानीय स्थलको विकास गर्न सके दिपमा सुगन्ध झै वासना आउथ्यो ।
सतीले सरापेको देशमा राम्रो गरौँ भन्ने भावना र सहभागितामा आभावै अभाव देखिन्छ । भटना थलीमा रहेको मालिका,महादेव देवताहरुको एक खालको उत्पत्ती भएको किम्बदन्ती छ भने काडाँमहादेव तिमराजडी महाँदेवको अर्को खालको भनाई छ । धौलाकाँडा कोटको छुट्टै खालको महिमा छ ।
धार्मीक पर्यटकीय क्षेत्रहरुको विकास गर्न सकेमा प्रचार प्रसार गर्न सकेको खण्डमा यहाँका मानिसहरुको ईच्छा पुरा हुने थियो भन्ने खालका विचारहरु मात्रै उत्पन्न हुने धर्म निरपेक्षको देशको रुपमा नेपाललाई चिनाए पनि हाम्रा क्षेत्र,भेगलाई विभेदित गरिएको जस्तो लाग्छ ।
सुन्दर सुदूर पश्चिमकै ठूलो सिलेट खानी पनी यसै पालिकाको ०४ नम्बर वडा टोल नम्बर ०६ धौलकाडाँमा नै छ । हाल सम्म त्यसको कुनै पनि सघिंय राज्यको सरंचनाको ध्यान पुगेको छैन । त्यसको नाम जोडेर भएका सडकका बजेटमा वेवास्था गरी सडक पूर्वाधारको निर्माण भएको छैन । त्यस्तै सो सिलेट खानी सगैं जोडिएको करिब ३००० मीटर उचाँईमा रहेको धौलकाँडा, कोट ऐतिहासिक धार्मिक पर्यटकीय स्थलको पनि वेवास्था नै गरिएको छ ।
धोलकाँडा कोट ऐतिहासिक क्षेत्र रहनुका थुप्रै कारणहरु मध्ये नेपालमा २२ से २४ से राज्य भएको समयमा डोटी राज्यलाई सहयोग पुग्ने गरी नौलाकोट बाट पनेरु गई पूरी नामका पनेरुले राज्य गरेको इतिहास साचिँ छ ।राजाले निर्माण गरेको राज दरवारका भग्नावसेष र गढहरु साची हुन् । तिनीहरुले निर्माण गरेका खल(ओखल) वासस्थांनका भग्नावसेषहरु रहेका छन् भने धार्मीक रुपमा भन्नु पर्दा मानोकाक्षं पुरा गराउँने खालका ज्वलन्त उदाहरण निःसन्तालाई सन्तान,निर्धनलाई धन प्राप्त गर्ने गरेको पाईन्छ ।
त्यस क्षेत्रमा वरबसी सन्तान पाएका र धन सम्पती पाएँका थुप्रै उदाहरण रहेका छन् । यस्ता क्षेत्र,भेगको सरंक्षण,सम्वर्धन गर्न नसक्नु हाम्रा क्षेत्र भेगका राजनिती कर्मी,स्थानीय प्रदेश सरकारले ध्यान नदिएको कुरा प्रमाणित हुन जान्छ ।
लेखक लक्ष्मण बहादुर धानुक