सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा ५० जनामा कोरोना सक्रंमणः ५जना कोरोना संक्रमण मुक्त
साउन १७ धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप ५० जनामा कोरोना भाईरस सक्रंमणको पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेश स्वस्थ्य निर्देशनालय डोटीका अनुसार ६८९ जनााके परिक्ष्ण् गर्दा ५० जनामा पुष्टि भएको हो ।
प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार ६४६ जनामा एनटिजेन परिक्षण गर्दा ३९ जना र ४३ जनाको आर टि पिसिआर बाट परिक्षण गर्दा ११ जनामा संक्रमण भएको हो । हाल सेति प्रादेशिक अस्पतालमा तिन जनाको उपचार भईरहेको छ । त्यसमा एक जनाको आईसियुमा राखेर उपचार भईरहेको जनाएको छ ।
पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमण मुक्त भएका छन् । कोरोनाबाट पछिल्लो २४ घण्टामा मृत्यु भने कसैको नभएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।