बैतडीका ८ स्थानीय तह पहिरोको उच्च जोखिममा

साउन १७ बैतडी । बैतडीका ८ ओटा स्थानीय तह पहिरोको उच्च जोखिममा रहेका छन् । दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका, पुरचौंडी नगरपालिका, पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिका पहिरोको उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाले देखाएको छ ।

यस्तै सिगास गाउँपालिका, दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिका पनि पहिरोको उच्च जोखिममा रहेका जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए।

उनका अनुसार सिगास गाउँपालिका, दोगडाकेदार र डिलाशैनी गाउँपालिकामा अन्य तहको तुलनामा बाढीको जोखिम बढीरहेको बताइएको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.