राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बैतडीको जिल्ला अधिबेशनका लागि साधारण सदस्यता वितरण सुूरु
साउन १६ धनगढी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिती बैतडी को तेश्रो जिल्ला अधिबेशनका लागि संस्थाको साधारण सदस्यता खुल्ला गरिएको जिल्ला कार्य समिति बैतडीका अध्यक्ष प्रेम विवश चन्दले बताएका छन् । उनले नेपाली गीत संगीतको ईतिहास मै कलाकारहरुको सर्बोउत्कृष्ट छाता संगठन दोहोरी प्रतिष्ठान रहेको समेत दाबी गरे ।
अध्यक्ष चन्दलेले संस्था मार्फत लोक दोहोरी क्षेत्रको संरक्षण, सम्बर्द्धन र उत्थानका निमित्त हरपल प्रयास गरेको बताए ।उनका अनुसार सबै जिल्ला, उपत्यका समन्वय समिती र धेरै वटा बिदेशी शाखाहरुमा दोहोरी प्रतिष्ठानको संगठन बिस्तार भएको जानकारी दिए । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रीय कार्य समितिको निर्देशन तथा प्रदेश कार्य समितिको निर्णय अनुसार जिल्ला कार्य समितिको तेस्रो जिल्ला अधिबेशन भाद्र २७ गते सम्पन्न गर्नु पर्ने र त्यस्का लागी संस्थाको साधारण सदस्यता यहीँ श्रावण मसान्तसम्म सम्पन्न गरिसक्नु पर्ने भएको छ ।
अध्यक्ष चन्दले बैतडी जिल्ला भित्रका कलाकार ,सर्जक , संगीतकार , गीतकार , डेउडिया ,फगारी लगायत कलाकर्मी र कलाप्रेमी मनहरु एवं ईच्छुकलाई श्रावण २५ भित्र सदस्यता लिन आग्रह गरे । उनका अनुसार ९८४८९८३८८० र ९८०९४१०४८८ मा सम्पर्क गरेर उक्र संगटनमा सदस्यता लिन सकिने छ । अध्यक्ष चन्दले जिल्लाका सबैमा सूचना होस भनेर जिल्ला स्थित रेडियो मेलौली १०१.२ मेगाहर्ज मेलौली न.पा. बैतडी र रेडियो बैतडी ९५.४ मेगाहर्ज द.न.पा. बैतडीमा समेत सूचना प्रसारण भईरहेको बताए । उनले यसै वर्ष जिल्ला अधिबेशन सम्पन्न गर्ने तयारी अन्तिम चरणमा पुगेको बताए ।
चन्दले भाद्र २७ गते नयाँ कार्य समिती चयन हुने बताए । समिती चयन भए आफ्नै भवनका निर्माण गर्ने तथा संग्रहालय बनाउने योजना रहेको उनले भने । अबको अधिवेशन पछि निवर्तमान अध्यक्षको नाताले जिल्लाको भाषा,कला, साहित्य र लोक संस्कृतिका लागि अझै लागि पर्ने ऐक्यबद्धता रहेको प्रतिबद्धता गरे ।