स्थानिय सरकारले लाँखौ रकम खर्च गरे पनि छाडा चौपयाकोव्यवस्थापन हुन सकेन्
दिपक बम,साउन १६ धनगढी । धनगढीमा छाडा चौपायाको समस्या बिकराल बन्दै गएको छ । यसको नियन्त्रणका लागि प्रदेश तथा स्थानिय सरकारले लाँखौ रकम खर्च गर्दा पनि समस्या समाधान भने अझै हुन सकेको छैन ।
धनगढीमा प्रदेश सरकार र स्थानीय तहले आ–आफ्नो तरिकाले छाडा चौपायाको समस्या सामाधानका लागि प्रयास गरेपनि अधिकाशं योजना असफल भएका छन् । बजार क्षेत्रमा छोडिएका यस्ता चौपायाले बजारमा सवारी साधन संचालनमा समेत समस्या हुने गरेको छ भने सडक दुर्घटना पनि भइरहेका त्यसका लागि नगरपालिकाले कर्मचारी राखेर चौपायाको व्यबस्था गरीदिए सहज हुने धनगढी उप–महानगरपालिका वडा.नं.२ बयाबेहडीका अटो चालक हर्स स्वारले बताए ।
छाडा चौपायाको समस्या समाधानका लागि स्थानीय तहले बार्षिक रुपमा बजेट खर्च गरेपनि बजेटको सहि सदुपयोग नहुँदा समस्या पैसाले मात्रै सामाधान हुन सक्दैन भन्ने धेरै छन् । छाडा चौपाया सडक क्षेत्रमा बस्ने र रातीको समयमा किसानले लगाएको अन्न बालि खाने हुदा रात भर जागराम बस्नु पर्ने धनगढी उप–महानगरपालिका वडा.नं. ६ का स्थानिय धनबहादुर रावलले जानकारी दिए ।धनगढीका मुख्य व्यापारीक केन्द्र,सडक,गल्ली गल्लीमा जाने हो भने पसु चौपायाको मात्रै भिड देख्छौ । चौपायाको समुह कहिले काही बिच सडकमै हिड्ने गर्नाले सडक अवरुद्ध पनि हुने गर्दछ ।
धनगढी उप–महानगरपाली भित्र का छाडा चौपाया व्यवस्थांका लागी नगरपालीकाले निती तथा कार्यक्रममा राखेको र समुदाय संगै सहकार्य गरेर चौपायाको व्यवस्था गर्ने धनगढी उपमहानगर पालिका नगर प्रमुक गोपाल हमालले बताए । छाडा चौपायाले लगाएको बालिनाली मात्र होईन,सडक दुर्घटना भई जनधनको क्षति हुने गरेको छ ।