ट्राफिक प्रहरीले दुःख दिएको भन्दै अटोरिक्सा चालक आन्दोलित

साउन १५ धनगढी । धनगढीमा अटोरिक्सा चालकले आन्दोन गरेका छन् । विद्युतीय अटोरिक्सा चालकहरु ट्राफिक प्रहरीले दुःख दिएको भन्दै सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन्।

यातायात व्यवस्था कार्यालयले विद्युतीय रिक्सा चालक अनुमती पत्रको आवेदन पत्रको परीक्षा नखोलेको अवस्थामा प्रहरीले दैनिक जरिमाना काट्न थालेपछि आन्दोलनमा उत्रिएको उनीहरुको भनाई छ । धनगढी उपमहानगरपालिका कार्यालय परिसरदेखि एलएन चोकसम्म रिक्साहरु रोकेर उनीहरुले प्रहरीविरुद्ध आन्दोलन गर्न थालेका हुन्।

धनगढीमा लाइसेन्स नभएका अटो चालकबाट प्रहरीले दैनिकजसो पाँच सयदेखि १५ सय रुपैयाँ जरिमाना गराउन थालेको उनीहरुको गुनासो छ। एलएन चोकमा बिहानैदेखि आन्दोलन थालेका उनीहरुले मौन प्रर्दशनसमेत गरेका छन् । अटोरिक्सा चालक र धनगढी उपमहानगरबीच अहिले छलफल भइरहेको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.