अमरगढी नगर उप–प्रमुख झुकालका छोराले दलित महिला गरे माथी हातपात गर
साउन १५ धनगढी । डडेल्धुराको अमरगढी नगरपालिका उप–प्रमुखका छोराले दलित महिलामाथी हातपात गरेका छन । अमरगढी नगरपालिका–७ पोखरा बजारबाट डडेल्धुरा अस्पताल आउदै गर्दा उप–प्रमुख पार्वती झुकालका छोरा रब्बा झुकालले स्थानीय बिना बिक माथी हातपात गरेका हुन । बिकको हात र नाममा चोट पुगेको उनका श्रीमान बिरेन्द्र ताम्राकारले बताए ।
बिद्यालयमा खेल्दै गर्दा बिकका छोराको हातमा चोट पुगेको थियो । छोराको उपचारका लागी डडेल्धुरा अस्पताल ल्याउदैगर्दा मदिराले लठ्ठ परेका झुकालले बिकको शरिमा स्पर्श गर्न खोजेका थिए । महिलाले रोक्न खोज्दा झुकालले हातपात गरी बिकलाई घाईते बनाएको ताम्राकारको भनाई छ ।
आईतवार अपरान्ह साढे चार बजेतिर पोखरा बाट डडेल्धुरा अस्पताल आउदै गर्दा से १ ज २०३ नं।को जिपमा यस्तो घटना भएको ताम्राकारले बताए । अहिले उप–प्रमुख झुकाल लगायतका केही व्यक्ति यस बिषयमा आफुहरु संग माफि माग्ने प्रयास गरिरहेको उनको भनाई छ । यस बिषयमा नेपाल प्रहरीलाई खबर गर्दा अहिले सम्म कुनै कानूनी कार्वाही अघि नबढाईएको ताम्राकारको गुनासो छ ।