बैतडी जिल्लाको पूर्चौडीमा शिखर नेट अवरुद्ध, टावरको आक्रमण रोकिएन

धनगढी १५,विष्णु भट्ट । बैतडीको पूर्चौडी नगरपालिकाकामा जडान भएको शिखर नेटले काम नगर्दा सेवा ग्राही मारमा परेका छन् । शिखर नेट प्रा.ली. विगत १५ दिन देखि अवरुद्ध भएको स्थानीय सेवा ग्राहीले बताए । नगरपालिकाका,वडा कार्यालय लगाएत विभिन्न वित्तिय सस्थांमा जडित नेटले काम नगर्दा कामकाजमा समस्या भएको सेवा ग्राहीले जानकारी दिए ।

नेटको टावरमा स्थानिय बासिन्दाले आक्रमण गरि रहेकाले सेवा अवरुद्ध भएको शिखर नेटका व्यवस्थांपक धर्म राज जोशीले जानकारी दिए । उनले डिस होम,सोलार पाता,रेडियो ईक्विपमेन्टमा यस अघि क्षती गरेको र मर्मत गरेर सेवा सञ्चांलन गरेको बताए ।

अहिले टावर सट गराईएकोले सेवा बन्द भएको उनको भनाई छ ।ईक्विपमेन्टमा आक्रमण भैरहेको कुरा नगरपालिका,स्थांनिय प्रहरी चौकीमा खबर गर्ने गरेको तर उनीहरुले केही गर्न नसकोको जोशीले दावि गरे ।

अवरुद्ध नेट सोमबार बाट सञ्चांलन हुने उनले जानकारी दिए । यस्तै ईक्विपमेन्टको सुरक्षाको लागि सिसिटिभ जडानको काम भैरहेको उनले बताए ।

विकट क्षेत्रमा शिखर नेटले सेवा,सुविधा दिएको तर त्यहाँका स्थांनियले नियत बस ईक्विपमेन्टमा क्षती पुगाउनु अपराध भएकोले दोशी पत्ता लगाई कारबाहिको दायरा ल्याउन उनले स्थांनीय प्रशासन सगं माग गरे । तर सेवा ग्राहीले भने सस्थांले विभिन्न बाहाना गर्ने,सेवा अवरुद्ध भएको लामो समय सम्म सेवा सुचारु,मर्मत नगर्ने गरेको आरोप लगाए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.