प्रमुख प्रतिपक्षी एमाले ले एम अधिकारीसँग सिसिटिभी फुटेज साट्यो,रवि लामीछाने

धनगढी,१४ दिपक बम:राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछाने सुदूरपश्चिम पुगेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टि सुदूरपश्चिम प्रदेश भेला संम्बोदन गर्न उनि सनिवार धनगढी पुगेका हुन् । उनले अहिले सम्म सुदुरपश्चिममा लाँखौ युवा भारतमा आफ्नो श्रम बेचिरहेका छन् तर सरकार संग अहिले सम्म उनिहरुको तथ्याङक कति छ भन्ने थाहा नभएको आरोप लगाए ।

उनले भने अहिले सम्मका नालाएक राजनितीक शासकले सुन्दरपश्चिम लाई सुदुर पश्चिम बनाएको हो । सुदुरपश्चिमलाई सुन्दरपश्चिम बनाउन अब राष्ट्रिय स्वतन्त्र पाटि संगै हातेमालो गर्न आग्रह गरे । सभापति लामिछानेले सुदूरपश्चिममा गाईने बम्बै जाने रेल्गाडिका पया गुडनलाग्या देउडा गित मात्र नभएर यहाको यर्थात पिडा र बाध्यता भएको बताए ।
सभापति लामिछानेले नेपालमा सत्ता पक्ष र प्रतिपक्ष नभएको दावि गरेका छन् । उनले एउटा पार्टि सत्तामा गए एकले अर्काकाको पोल खोल्छन तर त्यस्तो समस्या आईपरेमा सबै एक जुट भएर बस्ने गरेको बताए ।

लामिछानेले प्रमुख प्रतिपक्षी एमालेले एम अधिकारीसँग सिसिटिभी फुटेज हराएको विषय साटेको आरोप पनि लगाएका छन् । उनले भने,एमाले प्रति पक्ष हँु भन्छ अर्थ मन्त्रालयको डिलिट भएको सिसिटिभी फुटेज साट्छ, अनि प्रति पक्ष कसरी भन्ने? उनले डिलिट भएको सिसिटिभी फुटेज एक घण्टामै रिकभर हुने बताएका छन् । ‘म चुनौतीका साथ भन्छु, मलाई एक घण्टाका लागि अर्थमन्त्रालयको कम्प्युटरको हार्डडिस्क दिइयोस् ।

‘कस्तो कलरमा चाहिन्छ ? एचडीमा चाहियो कि फोरकेमा ? मैले रिकभर गरेर तपाईहरु सामु ल्याउन सकेन भने भन्नुहोला ।

सभापति लामिछानेले भने देशभरी स्वतन्त्र,उम्मेद्धवारी दिने सबै मिलेर जाने सुझाब नआएको होईन,हामिले उनिहरु संग छुट्टै किसीमको सहकार्य सुरु भईसकेको बताए । उनले हामि उम्मेद्धवार खल्तीमा बोकेर आएका छैनौ,तपाईहरुकै माझँबाट तपाईले नै चाहेको,कोहि त्यस्तो राष्ट्र प्रेमि भए उसको घरमा पुगेर हात जोडेर पार्टिमा स्वागत गर्ने बताए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.