अदालतले बनाएको सरकारको आयू धेरैै छैन,नेता ज्ञवाली

दिपक बम, साउन १३ धनगढी । नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको आउँदो चुनाब सार्ने रणनिती रहेको बताएका छन् । शुक्रवार प्रेस चौतारी कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्यको निर्वाचन सार्ने रणनिती भईरहेको बाहिर बाहिर हल्ला सुनिरहेको बताए ।

आउदो मंसिरमा हुने चुनाबको मिती तोक्न उनले आग्रह गरे । देउवाले आज सम्म चुनावको मिती नतोक्नु चुनाव सार्ने रणनिती रहेको आरोप लगाए । उनले अदालतले प्रधानमन्त्री तोक्नु देशका लागी खतरा भएको पनि बताए । संविधानमै नभएको कुरा अदालतले फैसला गर्नु देशका लागी खतरा भएको उनको भनाई छ । यस्तो प्रवित्तीले लामो समयको संघर्स बाट प्राप्त गरेको लोकतन्त्र कमजोर हुने बताए ।

उपाध्यक्ष ज्ञवालिले पाँच दलीय गठबन्धनमा अदालतले बनाएको सरकारको आयू धरैै नभएको बताए । आउँदो मंसिरमा हुने चुनावमा एमाले सरकारमा जाने दाबि गरे । उपाध्यक्ष ज्ञवालीले पाँच दलीय गठबन्धनको सरकारले देशको आर्थिक अवस्था जर्जर अवस्थामा पु¥याएको आरोप लगाए । उनले सिसिटिभी फुटेज सड्यन्त्र पुर्वक मेटाईएको बताए । अर्थमन्त्री शर्माले गरेको गलत कामको तथ्य प्रमाण पाएर पनि मेटाईएको नेता ज्ञवालीले आरोप लगाए ।

उपाध्यक्ष ज्ञवालीले संसद् बाट पारित गरेको नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता गर्नु पर्ने बताएका छन् । विदेशी छोरी नेपाल आएर बिहे गर्ने बित्तिकै नेपाली नागरिकता दिने कुरा कदापी ठिक नभएको उनको भनाई छ । एक हातले सिन्दुर हाल्ने अर्को हातले नागरिता दिने हो भने मधेसका नागरिक समस्यामा र अल्पमतमा पर्ने नेता ज्ञवालीको तर्क छ । विदेशबाट विवाह गरेर नेपाल आउने बित्तिकै उनीहरूले नागरिकता पाउँलान तर उनीहरूलाई नेपाली भूमिका माया हुँदैन किन भने उनीहरूले पहिले नेपालको रहन सहन सिकेको हुँदैनन् । संस्कृति बुझेको हुँदैन त्यसैले उनीहरूलाई आफू जन्मेको माटोको माया हुन्छ ।

उनका अनुसार नागरिकता विधेयकले मधेसबाट खतरा हुने सम्भावना बढी छ,पार्टीले निर्णय नगरेको भए पनि राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्नु नै उत्तम हुने बताए । नागरिकता नपाएका नेपाली नागरिकता पाउनु पर्ने तर नागरिकता पाउने प्रावधान खुकुलो पारिन नहुनेमा ज्ञवालीले विषेस जोड दिए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.