सुदूरपश्चिममा १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
साउन १३ धनगढी । सुदूरपश्चिममा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार पाचँ सय ४३ जनामा परीक्षण गर्दा १९ जनामा संक्रमण भेटिएको हो ।
जसमा पाँच सय ९ जनामा एनटिजेन पक्षिण गर्दा १२ जना र ३४ जनामा पिसिआर परिक्षण गर्दा ७ जनामा संक्रमण भेटिएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु भने कसैको भएको छैन् ।