शुक्रबार सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

धनगढी: शुक्रबार सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेशका केही स्थानमा अहिले पनि वर्षा भइरहेको छ। आज प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो।

हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थान आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थान भन्दा केही उत्तरतिर अवस्थित छ। देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश नं १ का केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाले जारी गरेको बुलेटिन अनुसार आज देशका धेरै स्थानहरूमा मेघ गर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.