बैतडीमा छोराले आफ्नै बुबालाई बन्चरो हानेर हत्या गरे

बैतडी : बैतडीमा छोराले आफ्नै बुबालाई बन्चरो हानेर हत्या गरेका छन् । जिल्लाको डिलासैनी गाउँपालिका ५ सेरामा शुक्रबार बिहानै २१ वर्षीय लोकेन्द्र जोशीेले आफ्नै बुबा ६० वर्षीय अन्तराम जोशीको टाउकोमा बञ्चरो हानी हत्या गरेका हुन् ।
हत्या गर्ने जोशीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक लोकराज जोशीले जानकारी दिए । हत्या गर्ने व्यक्ति मानसिक सन्तुलन ठिक नभएको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.