बेपत्ता बालकको जंगलमा कपडा र कंकाल भेटियो

साउन १२ धनगढी । बझाङमा २ महिनादेखि बेपत्ता बालकको कपडा र कंकाल भेटिएको छ। गएको जेठ १४ गतेदेखि बेपत्ता भएका बालकको अस्थिपन्जर भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको हो।

जिल्लाको जयपृथ्वी नगरपालिका–१ कैलास गाउँका ९ वर्षीय छोरा धरेन शाहीको झण्डै २ महिनापछि अस्थिपञ्जर भेटिएको हो। गाइवस्तु चराउन जंगल गएका धरेन मष्टा गाउँपालिका–१ मा पर्ने घोणकोटको जंगलबाट बेपत्ता भएका थिए। उनको टाउको र हड्डी जयपृथ्वी नगरपालिकामा पर्ने नौलावन भन्ने ठाउँमा भेटिएको हो। अस्थिपञ्जरसँग रहेको उनको कपडाको आधारमा शवको पहिचान गरिएको मृतकका आफन्तले जानकारी दिए।

बालकको के कारणले मृत्यु भएको भन्ने बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रवक्ता प्रहरी निरीक्षक जनक ढुङगानाले बताए। हराएको लामो समयपछि अस्थिपञ्जर भेटिएकाले के कारणले मृत्यु भएको हो खुल्न सकेको छैन।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.