कैलालीको अत्तरियामा यातायात मजदुरद्धारा चक्काजाम

अत्तरिया: कैलालीको अत्तरियामा यातायात मजदुरहरुद्धारा चक्काजाम गरिएको छ। ट्राफिक प्रहरीले सडक किनारामा रोकिएको बसलाई जरीवाना गरिएको भन्दै यातायात मजदुरहरुले सडकमा चक्काजाम गरेका हुन । काठमाण्डौं महेन्द्रनगर रुटको म १ ख ९१० नम्बरको बसलाई जरिवाना कटाउँदा बस चालक र प्रहरी बिच बिवाद भएको थियो।

सडक किनारामा रोकिएको बसलाई जरिवाना कटाउँदा विवाद भएपछि केही यातायात मजदुरहरुले सडकमा चक्काजाम गरेका थिए। बिवाद भएपछि प्रहरीले सवारी चालक श्याम राज जोशीलाई पक्राउ गरेपछि अन्य यातायात व्यवसायीहरुले सडकमा गाडी तेर्छो पारेर चक्काजाम गरेका थिए ।

सवारी मजदुर रमेश भट्टले सडक किनारामा रोकिएको गाडीले गल्ती स्विकार गरेर जरिमाना तिर्न तयार हुँदा पनि पक्राउ गरिएपछि सडक अवरुद्ध गरेको र आन्दोलनमा उत्रिएको यातायात व्यवसायीहरुले बताएका छन्।प्रहरीले भने जरिमाना काट्न खोज्दा अटेरी गरेपछि पक्राउ गरिएको बताएको छ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रवक्ता दान बहादुर रोकायाले अहिले दुवै पक्ष बिच छलफल भइरहेको र सवारी आवागमन सुचारु भइसको बताए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.