डोटीमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति,लाई बसमा ५० प्रतिशतसम्म भाडा छुट

साउन १२ धनगढी । डोटीमा पत्रकार, ज्येष्ठ नागरिक, विद्यार्थी तथा अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशतसम्म भाडा छुट दिने निर्णय गरेको छ। दिपायल सिलगढी नगरपालिकाले नगरबसमा यात्रा गर्ने नगर क्षेत्रभित्र सञ्चालन गरेको नगरबसमा यात्रा गर्ने क, ख र ग वर्गमा परेका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, पत्रकार र विद्यार्थीलाई तोकिएको भाडादरमा ५० प्रतिशत छुट दिने निर्णय गरेको नगरप्रमुख बाजीसिंह खड्काले जानकारी दिए ।

नगरपालिकाले नगरबसमा यात्रा गर्नेलाई ५० प्रतिशत छुट दिने निर्णय गरेपछि यहाँका सेवा ग्राहि निकै खुसी भएका छन्। नगरबसमा छुट सुविधा लिने व्यक्तिले यात्रा गर्दा आफ्नो परिचयपत्र अनिवार्य देखाउनुपर्ने नगरप्रमुख बाजीसिंह खड्काले बताए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.