नेपालको राजनितीमा राष्ट्रिय प्रजातन्त्र पार्टि नयाँ शक्तिको रुपमा उदय भयो,राजेन्द्र लिङ्गदेन
धनगढी: नेपालको राजनितीमा राष्ट्रिय प्रजातन्त्र पार्टि नयाँ शक्तिको रुपमा उदय भै रहेको राष्ट्रिय प्रजातन्त्र पार्टिका अध्यक्ष राजेन्द्र लिङ्गदेनले बताए । उनले स्थानिय तहको निर्वाचनमा देखिने गरी परिणाम दिन नसके पनि आउँदो प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा नयाँ परिणाम दिन्छ भन्ने सकेंत दिएको दावि गरे । स्थानिय तहको निर्वाचनमा गणितको हिसावले पार्टिले नतिजा ल्याउन नसके पनि पूर्व देखि पश्चिम सम्मका विषेस मानिसको पार्टि प्रवेसले गर्दा र अहिलेको अलहरुको असफल राजनितिले पार्टिमा नयाँ तरङ्ग आएको बताए ।
विरोधका साकेंतिक कार्यक्रम मात्रै गरेको,कुनै निर्णायक आन्दोलन पार्टिले नगरेको तर पार्टि प्रवेसको लर्को चलिरहेकाले अब देश कुन बाटोमा गईरहेको छ भन्ने प्रस्ट भएको उनले बताए ।
धनगढिमा भएको वृहत पार्टि प्रवेस कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने जहाँ राजसंस्था छ,त्यहाँ प्रजान्तत्र पनि सुरक्षित रहेको छ ।लिङ्गदेनले ,हिन्दु धर्म हाम्रो गौरब र पहिचान भएकोले हामीले हिन्दु धर्म प्रति संधै आस्था ,विश्वास लिनु पर्ने र हिन्दु धर्मलाई सधैं बचाई राख्न अनुरोध गरे ।
उनले धर्म,देश बचाउन पार्टि प्रवेस गरेका मानिसले कुनै पनि हालतमा पछुतो मान्नु नपर्ने ठोकुवा गरे ।
विभाजन नभएको कुनै पनि पार्टि नभएको तर अहिलेको गणतान्त्रिक प्रणाली नै बेकारको रहेको उनले जिकिर गरे । ससंद पुर्ण समानुपातिक हुनु पर्ने,जनाले सोझै प्रधानमन्त्री निर्वाचित गर्ने प्रणाली र अभिभावकिय ढगंले राजा हुनु पर्ने व्यवस्थां यस पार्टिको मुख्य एजेन्डा रहेको उनले जानकारी दिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको आज धनगढीमा सुदुरपश्चिमको प्रदेश भेला थियो ।