एक वर्षमा १६ करोडको कण्डम भित्रीयो:सबै भन्दा बढी भारत बाट

साउन १० धनगढी । चालू आर्थिक वर्ष २०७८/७९ मा विदेशबाट १६ करोड २० लाख रुपैयाँको कन्डम भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार एक वर्षे अवधिमा साउन देखि असारसम्मको अवधिमा उक्त मूल्य बराबरको कन्डम आयात भएको हो ।

विभागका अनुसार विदेशबाट ५ करोड २८ लाख ३७ हजार थान कन्डम भित्रिएको छ । नेपालमा भारत, चीन, दक्षिण कोरिया, थाइल्याण्ड, मलेसिया, संयुक्त अरब इमिरेट्स र अमेरिकाबाट कन्डम आउने गरेको तथ्यांकले देखाएको छ ।

जसमा, भारतबाट सबैभन्दा धेरै ११ करोड ७० लाख ९२ हजार रुपैयाँको कन्डम भित्रिएको छ । भने, दक्षिण कोरियाबाट २ करोड ४८ लाख रुपैयाँको कन्डम भित्रिँदा दक्षिण कोरियाबाट ९६ लाख ९४ हजार रुपैयाँको भित्रिएको छ ।

यस्तै, मलेसियाबाट ५९ लाख रुपैयाँको आयात हुँदा चीन ५४ लाख ५२ हजार रुपैयाँको कन्डम आयात भएको तथ्यांक छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.