मापसे गरेका वडाध्यक्ष एक रात प्रहरीको थुनामा

साउन १० कञ्चनपुर । कञ्चनपुरका मापसे गरेका एक वडाध्यक्ष एक रात प्रहरी थुनामा राखिएका छन् । जिल्लाको शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महरालाई प्रहरीले एक रात थुनामा राखेको हो उनी मापसे गरी अनियन्त्रित अवस्थामा रहेकाले उनलाई इलाका प्रहरी कार्यालय झलारीमा हिजो राति राखिएको प्रहरीले बताएको छ ।

वडाध्यक्ष महरालाई सोमबार राति थुनामा राखी मंगलबार बिहान छोडिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । वडाध्यक्ष महरालाई इलाका प्रहरी कार्यालयको अगाडि उपद्रो मच्चाइरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.