निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको ४ वर्षपुग्योःसरकार नभएको पिडितलाई महसुस
साउन १० धनगढी । कञ्चनपुरकी १३ बर्सिया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज चार वर्ष पुगेको छ। जिल्लको भीमदत्त नगरपालिका २ उल्टा खामकी १३ बर्सिया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज चार वर्ष पुगेको हो। उनको २०७५ साल साउन १० गते हराएकी निर्मला ११ गते उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो।
पन्तको बलात्कारपछि हत्या भएको घटनाको ४ वर्षसम्म पनि प्रहरीले अहिले सम्म अपराधि पत्ता लगाउन सकेको छैन् । सत्ता बद्लियो तर कसैले पनि निर्मलालाई न्याय दिन सकेनन् । निर्मलाकी आमा दुर्गादेवी पन्तलाई न्याय पाइन्छ भन्ने झिनो आशा समेत मारेकी छन उनलाई न्यायको विश्वास लाग्नै छाडेको छ। यति सरकार फेरिए, अनुसन्धान गर्ने पनि कति फेरिए फेरिए, न्याय पाइने भए त पाइसक्थे। अब नपाइने नै हो भनेर मन शान्त बनाउने र यी दुई छोरीहरूको जीवन उज्यालो बनाउनेतिर सोच्नुपर्छ भन्ने लागेको निर्मलाकी आमा को भनाइ छ । उनले भनिन् हामिलाईत सरकारै नभएको अनुभुति हुनछ । चार वर्ष समय वित्तदै जादाँ समेत अहिले उनलाई कुनै सरकारी अनुसन्धान अधिकारीले यो प्रकरणका विषयमा सोधपुछ पनि गरेका छैनन्।
प्रहरीले भने निर्मलाको हत्यारा पत्ता लगाउनका लागि अहिले पनि निर्मला पन्तको बलात्कारपछि हत्याबारे अनुसन्धान भइरहेको बताए । प्रहरी प्रशासनका ९ जना सम्मिलित सिआईबीको एउटा डेडिकेटेड टोलीले सूक्ष्म अनुसन्धान जारी राखेको छ। त्यसबाहेक हाम्रा अन्य टोली पनि सक्रिय छन्। तर कसैले हामी कहाँ आएर अपराध स्वयंम स्वीकार गरे पनि डिएनएले त्यसलाई पुष्टि नगरेसम्म त अनुसन्धानले पूर्णता पाउँदैन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक श्याम सिंह चौधरीको भनाई छ।