श्रावण महिना महिला दिदीबहिनीका लागि महत्वपूर्ण,शिवसगं आशीर्वाद मागे सन्तान हुने विस्वास

उमेश वडु,साउन ९ धनगढी । श्रावण महिना महिला दिदीबहिनीहरुले हरियो चुरा हरियो लुगा लगाउने महिना हो। भोले बाबा शिवको श्रावण सोमबारको व्रत बसि आफ्नो श्रीमानको आयु बढोस् भनी शिवसगं आशीर्वाद माग्ने र सन्तान नभएकोले सन्तान अबिवाहितले राम्रो पति वर माग्ने भनी सोमबारको व्रत बस्ने गर्दछन्।

सोमबार भनेको सुर्यको व्रत हो। शिव भनेका सोमनाथ हुन्। भगवान् शिव सबै रुपमा हुन्छन् । हाम्रो हिन्दु धर्ममा भक्तजनहरुमा मागेको फल मिल्छ भन्ने बिश्वास रहि आएको छ।देवताहरुमा देवता हरुका देब महादेब चाडै खुसी हुने देवता भएकाले आसुतोस नाम रहन गएको हो।

आसुतोस को मतलव चाडै खुशी हुने देवता हो।त्यसकारण यो महिनाको सोमबारमा हरियो, रातो लुगा लगाइ कलसमा गङ्गाजल, बेल पत्र,शुद्ध गाइको दूध,फलफूल बोकि टाढा टाढा बाट पैदल, खाली खुट्टा भगवान शिबका मन्दिरहरुमा बम बम भोले भन्दै महिला पुरुषहरूले भजन गर्दै जल चढाएको हामिले देख्ने गरेका छौ। यसको फल अवस्य पाउने बिश्वास गरिन्छ।

शुद्ध मनले पुजा आराधना गरेमा अवश्य भगवानले एक न एक दिन मागेको फल दिन्छन् भन्ने विस्वास जनमानसमा छ । हाम्रा पर्व परम्पराहरु त्यसै नचलेका बुढापाखाहरुको भनाई छ । हाम्रो शरीरको लागि पर्वहरुको ग्यान, शक्ति ,बुद्धि ध्यान,उर्जा दिई हामिलाइ जिउनका लागि यिनै बर्सदिनका चाड पर्व हाम्रा पुर्खाले बनाएको हुनुपर्छ भन्ने मान्यता रहि आएको छ ।
हामिले खुशी ,शुखी, शान्ति, उर्जावान, ग्यानवान नभए हाम्रो शरीर दिर्घजिबी हुन् भन्ने बताईन्छ ।त्यसैले पर्वहरुमा पुजा गर्दा शुद्ध आहार, शुद्ध लुगाकपडा ऋणकर्जा झिकेर पनि गर्ने गर्दछ्न।

जुनसुकै चाड पर्व मनाउँदा पनि पित्रु र पान्चायन देवताको पुजा गरेको देखिन्छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.