किशोरीहरु यौन शोषणमा पर्नाले आत्मा हत्या गर्छन्ःडा. लामिछाने
दिपक बम,साउन ९ धनगढी । कैलालिमा पछिल्लो समय आत्मा हत्याका घटना बढ्दै गएका छन । जिल्ला प्रहरी कार्यालय कैलालिका अनुसार पछिल्लो तिन वर्ष यता आत्मा हत्याका घटना बढ्दै गएका छन् ।
आर्थिक वर्ष २०७६/०७७ देखी ०७८/०७९ सम्म ७४५ जनाले आत्मा हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालिका प्रहरी निरीक्षक खगेन्द्र सिं साउँदले बताए । उनका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा बिस खाएर ४८ जनाले आत्मा हत्या गरेका थिए । भने २०७७/०७८ मा त्यो संख्या बढेर ६२ पुगेको छ, २०७८/०७९ मा ३७ जनाले बिष खाएर आत्मा हत्या गरेका थिए । त्यस्तै झुण्डिएर आत्मा हत्या गर्नेको संख्या २०७६/०७७ मा १७८ जना रहेका छन्, भने २०७७/०७८ मा २०३ जना छन् । त्यस्तै २०७८/०७९ मा २२१ जनाले झुण्डिएर आत्मा हत्या गरेका छन् ।
मानसिक तनाव,लागु औषधको प्रयोग,महिला तथा किशोरीहरु यौन शोषणमा पर्नाले,बाल शोषण हुनु,त्यस्तै एकल हुदा मनमा लागेका कुरा कैले नसुन्दा र पारिवारीक झैझगडाले आत्माहत्याका मुख्यकारण भएको नोभा अस्पतालका मानसिक रोग विशेषज्ञ डा.राम प्रशाद लामिछानेले बताए ।
मानसिक रोग लागेका मानिसको चाडै उपचार गर्ने,कसैलाई पनि मानसिक तनाब तथा दवाब नदिने,एक पटक आत्माहत्या गर्ने प्रयास गरेको मानिसलाई मनो चिकित्सक संग सल्लाह लिने र समाजमा सचेतना फैलाउने लगाएतका कार्य गरेमा आत्मा हत्याका घटना न्युनिकरण गर्न सकिने विशेषज्ञ डा. लामिछानेले बताए ।